भारत, बेलायत र अमेरिकामा राजदूत सिफारिस


११ कार्तिक २०७८, बिहीबार
rajdoot

काठमाडौं, ११ कात्तिक । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्व सन्ध्यामा तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

राजनीतिशास्त्रका प्राध्यापक खत्री परराष्ट्र मामिलाविज्ञ हुन् भने शर्मा पूर्व अमेरिकी राजदूत हुन् । यसै गरी आचार्य परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए । उनी पूर्व प्रधानमन्त्री माधव नेपालका आर्थिक सल्लाहकार पनि भएका थिए ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औं सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बेलायत जाँदैछन् ।

राजदूत नियुक्ति सन्दर्भमा गठबन्धनका नेताहरुबीच छलफल हुँदा माओवादी र एकीकृत समाजवादीका नेताहरुले खाली रहेका सबै राजदूत एकै पटक सिफारिस गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । तर देउवाले बेलायत भ्रमणमा जानुअघि शक्ति राष्ट्रका रुपमा चिनिने भारत, अमेरिका र बेलायतका राजदूत मात्रै पहिलो चरणमा नियुक्त गर्न सुझाएपछि बाँकी राजदूत नियुक्त नगरिएको एक नेताले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७