धरौटीमा छुटे शाहरुख पुत्र आर्यन खान


११ कार्तिक २०७८, बिहीबार
aryan khan arrest MCT1oGOSQL

मुम्बइ, ११ कात्तिक । क्रुज लागुऔषध प्रकरणमा मुम्बईको आर्थर रोड जेलमा रहेका बलिउड अभिनेता शाहरुख खान पुत्र आर्यन खान २६ दिनपछि रिहा भएका छन् ।

२ नोभेम्बरमा बाबु शाहरुखले जन्मदिन मनाउँदै छन् । आफ्नो जन्मदिन अगाडि अदालतको आदेश शाहरुखका लागि अग्रिम उपहार भएको छ । उनी अब आफ्ना छोरा आर्यनसहित जन्मदिन मनाउने छन् ।

अदालतले आर्यनका अलावा मुनमुन धमीचा र अरबाज मर्चेन्टलाई पनि जमानत दिएको छ । तर अदालतबाट अहिलेलाई आदेशको प्रति आइनसकेकाले आर्यन शुक्रबार मात्रै रिहा हुनेछन् । आर्यनलाई २ अक्टोबरमा हिरासतमा राखिएको थियो । उनलाई ७ अक्टोबरमा न्यायिक हिरासतमा लिइएको थियो । ८ अक्टोबरमा आर्यनलाई अदालतले जेल पठाई दिएको थियो । उनलाई बिहीबार उच्च अदालतले जमानत दिएको हो ।

बिहीबार बम्बे उच्च अदालतमा सुनुवाइ भएको थियो । अपरान्ह पौने ५ बजे अदालतले यस मामिलामा फैसला दिएको हो । आरोपितको जमानतको विरोध गर्दै एनसीबीका एडिशनल सलिसिटर जनरल अनिल सिंहले रिहा नगर्न भनेका थिए । तर अदालतले तीनै आरोपीलाई जमानत दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७