सरकारले धानबालीमा क्षति व्यहोरेका किसानलाई ६५ प्रतिशत राहत दिने


प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १८:२०

काठमाडौं, ११ कात्तिक । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले किसानलाई क्षति मूल्याङ्कन गरेर राहत दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका अनुसार किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ ।

१० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिश, ३ विघासम्म जग्गा भएका किसानलाई ३० प्रतिशत र ३ विघा भन्दा कममा खेती गरेका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको हो । सरकारले धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न गृह सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन समेत गरेको थियो ।

सरकारले न्यूनतम सर्मथन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम राहतस्वरुप उपलब्ध गराउने पनि उनले बताए । जसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिवको संयोजकत्वमा कार्यदल बनाउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाइ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्