गोदावरी नगरपालिकाको उत्कृष्ट पाँच कर्मचारी पुरस्कृत


२८ फाल्गुन २०७४, सोमबार
godawari nagarpalika

ललितपुर, २७ फागुन । गोदावरी नगरपालिकाले उत्कृष्ट काम गर्ने पाँच कर्मचारीलाई सम्मान गरेको छ । प्रथम स्थापना दिवसको अवसरमा नगरपालिकाले गरेको कार्यक्रममा वातावरण शाखा प्रमुख श्रीराम आचार्य, इन्जिनियर सिताराम कार्की, वडा सचिव हरिकृष्ण विष्ट, ज्ञानबहादुर महर्जन र शान्ता थापालाई सम्मान गरेको हो । godawari nagarpalika

यसै गरी कार्यक्रममा गोदावरी नगरपालिका भित्र योगदान पुर्‍याउने व्यक्ति तथा संघसंस्थाहरु र एसइइ परीक्षामा उत्कृष्ट हुने ६ विद्यालय पुरस्कृत भएकाे छ । पुरस्कृत हुनेमा सामुदायिकतर्फ वाणीविलास माध्यमिक विद्यालय पहिलो, विशंखुनारायण मावि दोस्रो, जनविकास मावि झरुवारासी तेस्रो रहेका छन् । यस्तै निजी विद्यालयतर्फ सेन्ट जेभियर्स पहिलो, हिलटप सेकेण्डरी स्कुल दोस्रो र लालीगुराँस मावि तेस्रो भएका थिए । कार्यक्रममा अन्तर्रा्ष्ट्रिय ३ राष्ट्रिय ३ गरी ६ खेलाडी समेत सम्मानित भएका थिए ।

कार्यक्रमा स्थापना दिवसको कार्यक्रम उद्घाटन गर्दे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय सरकार बलियो नभईकन विकास र समृद्धि असम्भव बताए । उनले प्रदेशमा कानुनहरू निर्माण गरेर बलियो बाटो बनाउँदै गरेकाले आफू निर्वा्चित भएको एक महिनामा बाहिर देखिने काम अपेक्षित मात्रामा हुन नसकेको समेत बताए ।

यस्तै गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिका विकासका विभिन्न सूचकहरू पूरा गर्दै उत्कृष्ट नगरपालिका बन्ने बाटोमा रहेको बताए । उनले प्रदेश तथा सङ्घीय सरकारले अधिकार र स्रोतमा हस्तक्षेप नगरिदिन समेत आग्रह गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले गोदावरी नगरपालिका सहस्राव्दी विकास लक्ष्यले तय गरेका लक्ष्य तथा उद्धेश्य प्राप्ति गर्ने बाटोमा अग्रसर भएकाले सबै पक्षको सहयोग हुनुपर्नेमा जोड दिए ।godawari nagar palika

godawari..

godawari nagar

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७