टी–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाको लगातार दोस्रो जित


१२ कार्तिक २०७८, शुक्रबार
australia tguSZuVPOz

काठमाडौं, १२ कात्तिक । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । यूएईमा गए राति भएको खेलमा श्रीलङ्कालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।

श्रीलङ्काले दिएको १५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्ग्स खेले। कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए ।

स्टिभ स्मिथ २८ रनमा अविजित रहँदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरङ्गा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७