चुनावमा कांग्रेससँग तालमेल हुन्छ : प्रचण्ड


१२ कार्तिक २०७८, शुक्रबार
Prachanda 2

चितवन, १२ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचनमा नेकपा (एमाले) को पकड देखिएको ठाउँमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् । शुक्रबार चितवनको माडीमा कार्यकर्ता प्रशिक्षणमा बोल्दै यस्तो बताएका हुन् ।

त्यस्ता क्षेत्रमा कांग्रेससँग सिट तालमेल गर्ने केन्द्रीय तहमा समझदारी बनिसकेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले खुलासा गरेका हुन् । अहिलेको सत्तारूढ गठबन्धनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई पनि ल्याउने प्रयास भइरहेको उनले बताए । अरू दललाई पनि गठबन्धनमा ल्याउन पहल भइरहेको उनले जानकारी दिए ।

‘विप्लव र वैद्यसँग पनि गठबन्धनमा ल्याउन पहल भइरहेको छ । अब इमानदार कम्युनिस्टबीच एकताको झण्डा फहराइने छ’, उनले थपे, ‘आगामी निर्वाचनमा निरंकुश प्रवृत्ति हाबी हुने ठाउँमा परास्त गर्ने गरी अगाडि बढ्ने छौं ।’ आउँदो चुनावमा माओवादी, एकीकृत समाजवादी, जसपा र मोहनविक्रम सिंहबीच गठबन्धन गरेरै जाने आधार र प्रतिबद्धता बनिसकेको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण कम्युनिस्ट आन्दोलनका सपना पूरा हुन नसकेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिका कारण पार्टी एकीकरण (माओवादी केन्द्र र एमाले) बाट देखिएको सपना पूरा हुन नसकेको आरोप लगाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७