साउथ स्टार पुनित राजकुमारको ह्दयघातका कारण निधन


१२ कार्तिक २०७८, शुक्रबार
puneeth rajkumar Xry1SfIkJX

मुम्बइ, १२ कात्तिक । दक्षिण भारतीय अभिनेता पुनित राजकुमारको निधन भएको छ । शुक्रबार बंगलरुस्थित ब्रिकम अस्पतालमा उनको निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमकाअनुसार उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो । आइसियुमा राखिएका उनको दिउँसो निधन भएको बताइएको छ । बिहान ११ः ३० मा छातीमा समस्या भएपछि अस्पताल पु¥याइएका उनको आइसियुमा उपचाररत हुँदा मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ ।

दक्षिण भारतका सफल अभिनेता राजकुमारका छोरा पुनितको ४६ वर्षको उमेरमा निधन भएको हो । सन् १९७५ मार्चमा जन्मिएका उनले करिब तीन दशक दक्षिण भारतीय सिनेमामा काम गरेका थिए । फिल्म करिअरको शुरुवात बाल कलाकारको रुपमा गरेका उनले भारतको राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।

सन् २००२ मा उनले ‘अप्पु’ फिल्मबाट डेभ्यु गरेका थिए। बाल कलाकारको भूमिकामा ‘बेट्टदा होभु’ नामक सिनेमाका लागि उनलाई राष्ट्रिय अवार्ड दिइएको थियो । पछिल्लो समय ‘ज्याकी’, ‘अन्ना बोन्ड’, ‘मिलना’ जस्ता फिल्ममा अभिनय गरेपछि उनी थप चर्चामा आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७