विश्वविद्यालयले गल्तीले छात्रालाई फेल भएको इमेल पठायो, २१ वर्षीया युवतीले गरिन् आत्महत्या


१२ कार्तिक २०७८, शुक्रबार
mared BmNiEraUSJ

काठमाडौं, १२ कात्तिक । एक छात्राले विश्वविद्यालयको इमेल पाएपछि आत्महत्या गरेकी छिन् । उक्त इमेलमा उनी फेल भएको बताइएको थियो । २१ वर्षकी म्यारेड फौल्क्स, यूकेको नर्थ वेल्सस्थित एङ्गलेसेमा जुलाई ८ तारिखमा नजिकैको ब्रिटानिया पुलबाट हाम फालेर आत्महत्या गरेकी छिन् ।

कार्डिफ युनिभर्सिटीकी विद्यार्थी फर्मास्यूटिकल्सको दोस्रो वर्षमा अध्ययनरत थिइन् । डेली मेलका अनुसार उनले निकै लामो समयदेखि विभिन्न फर्मास्यूटिकल्समा पार्ट टाइम काम गर्दै आएकी थिइन् । स्रोतका अनुसार म्यारेडले विश्वविद्यालयका अटोमेटेड इमेल पाएकी थिइन् । उक्त मेलमा उनी फेल भएका कारण तेस्रो वर्षमा प्रवेश गर्न नसकेको बताइएको थियो ।

britannia bridge nfce8yvREi

एउटा मेलमा उनी ३९ प्रतिशतसहित फेल भएको बताइएको थियो जबकी उनी ६२ प्रतिशतसहित प्रथम श्रेणीमा पास भएकी थिइन् । ३९ प्रतिशत उनको अघिल्लो परीक्षाको नतिजा थियो जुन उनले मार्च २६ तारिखमा दिएकी थिइन् । उनी अप्रिल २४ तारिखमा पुनः परीक्षा दिएर पास भएकी थिइन् । म्यारेडकी आमा लोना फौल्क्सले छोरीले कार्डिफ युनिभर्सिटीबाट इमेल पाएपछि नै यस्तो कदम उठाएको बताइन् । लोनाले भनिन्, ‘उनले अटोमेटिक इमेल पाएकी थिइन् । यसमा कुनै नीजि मामिला थिएन । फोन गरिएको थिएन, केही थिएन ।’

‘आफू परीक्षामा अनुत्तिर्ण भएको उनले विश्वास गरिन् र डिग्री हासिल गर्न असमर्थ भएको उनको ठानिन् ।’ ‘त्यो एक वाक्य पढेपछि सायद उनले आफ्नो सबै सपना र आशामाथि विराम लागेको सोचिन् । २१ वर्षे एक विद्यार्थीले यो कहिल्यै सोचेकी थिइनन् ।’

त्यसदिन उनी रोल्याण्ड्स फार्मेसीमा काम गर्न पनि गएको र त्यसपछि उनी बेलुका आफ्नो परिवारसँग खाना खान ६ बजेतिर घर गएको बताइन्छ । त्यसपछि उनले आफ्नी आमालाई भोलिपल्ट चीजकेस बनाउनका लागि सामग्रीहरु किन्न जान्छु भनेर निस्किइन् ।
घरबाट बाहिर निस्किएपछि उनी ब्रिटानिया ब्रिजतर्फ गइन् । त्यसपछि उनले आफ्नो गाडी छोडिन् र पूलको छेउ–छेउ हिँडिन् त्यसपछि तत्काल हराइन् ।

अन्वेन जोन्स आफ्नी १० वर्षका छोरासँग यात्रा गरिरहेका बेला म्यारेडले हाम फालेको देखेकी थिइन् । जोन्सले कुनै हिच्किचाहट बिना नै म्यारेडले हाम फालेको बताइन् । जोन्सले भनिन्, ‘उनी माथि उक्लिइन् र सेकेन्डभरमै हराइन् । कुनै हिच्किचाहट थिएन ।’ ‘उनी हराइन् ।’ त्यसपछि तत्काल उद्दारकर्तालाई बोलाइयो तर म्यारेडलाई मृत घोषित गरियो । पोस्ट मार्टम रिपोर्टले हाम फाल्दा उनको टाउकोमा गहिरो चोट लागेको देखायो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७