फाइजर खोप ५–११ वर्षका बालबालिकालाई दिन अमेरिकाको अनुमति


१३ कार्तिक २०७८, शनिबार
pfizer1627480571

काठमाडौं, १३ कात्तिक । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले फाइजर र बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति दिएको छ ।

अमेरिकामा १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि पहिलोपटक कोरोना खोपलाई अनुमति दिइएको हो । यसअघि एफडीएका विशेषज्ञहरुले यो खोपलाई अनुमति दिन सिफारिस गरेका थिए ।

शुक्रबार फाइजरको खोपले बालबालिकामा लगाउन अनुमति पाएसँगै दुई करोड ८० लाख अमेरिकी बालबालिका यसबाट लाभान्वित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकामा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको फाइजरले बताएको छ ।

एफडीएका अधिकारीहरुले बालबालिकालाई पनि खोप लगाउनाले छिटै नै अमेरिका सामान्य अवस्थामा फर्किन सक्ने बताएका छन् । चीन, क्युबा र यूएईले यसअघि नै बालबालिकाको लागि कोरोना खोप लगाउने अनुमति दिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७