२८ दिनपछि जेलबाट छुटे शाहरुख पुत्र आर्यन खान


१३ कार्तिक २०७८, शनिबार
jail1 oajYWr0hiH

मुम्बइ, १३ कात्तिक । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २८ दिनपछि जेलबाट बाहिर निस्किएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् । आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए जसले आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन् ।

आर्यन खानको घर फिर्तीले बलिउड सेलिब्रिटीलाई खुशी बनाएको छ । बलिउडका सेलिब्रिटीले आफ्नो खुशी व्यक्त गरिरहेका छन् । उर्मिला मातोन्डकरले ट्वीट गरेर शाहरुखलाई बधाई दिएकी छिन् । आर्यन खान आफ्ना पिता शाहरुख खानको गाडीमा हतारिँदै चढेका छन् । गाडी उनीहरुको बंगला मन्नततर्फ अघि बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७