बौद्धिक चोरीको आरोपमा नेपालका ५ चिकित्सक कालोसूचीमा 


२८ आश्विन २०७४, शनिबार
Final cover

काठमाडौं : ने्पालका पाँच चिकित्सकलाई इन्डोनेसियास्थित बाली मेडिकल जर्नलले कालोसूचीमा राखेको छ । कालोसूचीमा भारतीय चिकित्सक पनि छन् ।आजको नागरिक दैनिकमा खबर छ ।

Final cover
फाइल तस्बिर ।

जर्नलले बौद्धिक चोरीको आरोपमा उनीहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने नेपाली चिकित्सकमा काठमाडौं विश्वविद्यालय अन्तर्गतका मुकेशकुमार श्रीवास्तव, सी.थानापरी, आरके गोइत, एनके यादव र आरके मित्तल छन् । त्यस्तै भारतीय चिकित्सकमा भी. रोहिल छन् ।

उनीहरुले काठमाडौंस्थित ओम अस्पतालका डा. भोला रिजाल, डा. भरत झा, डा. आर श्रेष्ठको शोधपत्रको हुबहु नक्कल गरी बाली मेडिकल जर्नलमा प्रकाशित गराएका थिए । यो खबर प्रकाशमा आएसँगै उनीहरुलाई कालोसूचीमा राखिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७