राप्रपा काभ्रे अध्यक्षमा पुनः टुल्कु लामा


१४ कार्तिक २०७८, आईतवार
tulku rpp11 naSaa0nB6P

काभ्रे, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काभ्रे जिल्ला अध्यक्षमा टुल्कु लामा चयन भएका छन् । बनेपामा सम्पन्न अधिवेशनबाट लामालाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

जिल्ला उपाध्यक्षमा गणेशलाल श्रेष्ठ, श्रीदास लामा, गंगामाया लामा, सचिवमा धनजित लामा र कोषाध्यक्षमा किरन श्रेष्ठ चयन भएका छन् । २९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको र पार्टीको गतिविधिलाई तीब्रता दिइने अध्यक्ष लामाले बताए ।

अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले गरेका थिए । उनले वर्तमान सरकारले सुर लिन नसकेको आरोप लगाउँदै गठन भएको चार महिनाको अवधिमा जनताका समस्या समाधान गर्ने र मुलुकलाई दिशा दिने काम हुन नसकेको तर्क गरे ।

कार्यक्रममा राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्य उदयसिंह मुस्याजु, जिल्ला अध्यक्ष टुल्कु लामा, सचिव धनजीत लामालगायतले राष्ट्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७