पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्मै : गृहमन्त्री


१४ कार्तिक २०७८, आईतवार
balkrishna khand

रुपन्देही, १४ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म कायम रहने बताएका छन् । संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उनको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले भने, ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७