आउँदो फागुन १८ गते स्ववियू चुनाव गर्न अनेरास्ववियुको माग


१४ कार्तिक २०७८, आईतवार
qkakmdg1635673842

काठमाडौं, १४ कात्तिक । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियू निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

अनेरास्ववियूले आज त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाउँदै फागुन १८ गतेभित्र निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो । ‘लामो समयदेखि विभिन्न बहानामा रोकिएको स्ववियू निर्वाचन १८ फागुन २०७८ मा सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, अनेरास्ववियूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी हुने गरी चिकित्साशास्त्र अध्ययन संस्थान महराजगन्जले गरेको शुल्क वृद्धिसम्बन्धी निर्णय तत्काल फिर्ता लिन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गर्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गर्नलगायत माग अनेरास्ववियूको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७