एनसेल ‘वर्ल्ड कम्युनिकेसन अवार्ड’ को दुई विधाबाट सम्मानित


१४ कार्तिक २०७८, आईतवार
Crisis Response Award The Social Contribution Award1635677938

काठमाडौं, १४ कात्तिक । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जितेको छ ।

सन् १९९९ मा सुरु भएको वर्ल्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरूलाई सम्मानित गर्दछ । यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत समाजमा पुर्‍याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात विपद्प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भूकम्प जस्ता विभिन्न विपद तथा संकटको समयमा गरेका योगदानहरूको सरहना गरेको कम्पनीले जनाएको छ ।

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरूमार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्‍याएबापत एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरेको जनाइएको छ ।

त्यस्तै, कोभिड–१९ महामारी, २०७२ को भूकम्प र २०७१ र २०७४ को बाढीजस्ता विपदका समयमा सरकार र समुदायलाई पु¥याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो । वर्ल्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्षदेखि मात्र राखिएको हो र एनसेलले विश्वकाअन्यप्रतिस्पर्धीहरूलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको हो ।

‘यस प्रतिष्ठित वर्ल्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महत्वपूर्ण विधामा अवार्ड जित्न सफलभएकोमा हामी निकै हर्षित छौं । यी सम्मानहरू हामीले समाजको विकास र दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्वपूर्ण कार्यहरूमात्र नभएर हाम्रा सामाजिक पहलहरूको प्रभावकारी योगदान र विपदको समयमा सरकार र नेपाली जनसमुदायलाई पुर्‍याएको सहयोग र योगदानको कदर हो’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने ।

‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इण्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्जगु्रप, पीएलडीटी एण्ड स्मार्ट, र पोलिक्याब इण्डिया गरि पाँच कम्पनीहरू सूचीकृत भएका थिए । त्यस्तै एयरटेल युगाण्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डको लागि सूचीकृत भएका थिए ।

यसैगरी एनसेलले हालैमात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ को १२औँ संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ जितेको थियो । इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वर्ल्ड एचआरडी कङ्ग्रेस र स्टार अफ द इन्डस्ट्री ग्रुपले एसियामा रहेका विभिन्न कम्पनीहरूलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभाहरूलाई आकर्षित गर्न, विकास गर्न र त्यस्ताप्रतिभालाई आफैसँग राख्न सफल कम्पनीहरूलाई सम्मान गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७