विहेमा लाउड स्पिकरमा गीत बजाएको भन्दै आक्रमण : दुईको मृत्यु, १० घाइते


१४ कार्तिक २०७८, आईतवार
Afghanistan Attack

काठमाडौं, १४ कात्तिक । अफगानिस्तानमा बन्दुकधारीको एक समूहले विवाहस्थलमा प्रवेश गरी कम्तिमा दुई जनाको हत्या गरेको छ । विवाह समारोहमा गीत बजेको र त्यसलाई रोक्न भन्दै तीन जना बन्दुकधारीले आक्रमण गरेको अधिकारीहरुले बताएका छन् ।

पूर्वी अफगानिस्तानमा भएको उक्त आक्रमणमा कम्तिमा दुई जना मारिएको र अन्य १० जना घाइते भएको बीबीसीले जनाएको छ । एक प्रत्यक्षदर्शीले शुक्रबार पूर्वी अफगानिस्तानको नांगाहार प्रान्तस्थित सुर्ख रोड जिल्लामा चार जोडीले सामुहिक विवाह गरेको बताएका छन् । स्थानीय तालिबानी नेतासँग अनुमति लिएर उक्त विवाह समारोहमा महिला मात्रै उपस्थित हुने स्थानमा गीत–संगीत बजाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७