नबिल बैंक र पोखरा विश्वविद्यालयबीच साझेदारी


१४ कार्तिक २०७८, आईतवार
nabil digo put RpoUAQA00b

काठमाडौं, १४ कात्तिक । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ।

नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा। अजय थापाले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रमअन्तर्गतका उद्यमशील परियोजना सञ्चालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको छ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नया आयाम थपेको बताए। उद्यम गर्ने सोचसँगै त्यससम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए।

त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा। दिपक बहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा। अजय थापाले नबिल बैंकको यस नयाँ सोचको प्रशंसा गर्दै नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामनासहित यसका लागि विश्वविद्यालयको सधैँ सहयोग रहने समेत बताए।

उक्त कार्यक्रममा विश्वविद्यालयको विभिन्न पदाधिकारी, उच्चपदस्थ सरकारी कर्मचारी, पत्रकार, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न ब्यवसायी संस्थाका प्रतिनिधि तथा पत्रकार, बुद्धिजिवी साथै बेड प्रोग्राम अन्तर्गतका उद्यमशील बन्न चाहने अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो।

कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा सुरु गरेको छ। बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुच न्यून भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७