उत्पादनमूलक क्षेत्रमा बजेट खर्चिनु पर्छ : अर्थमन्त्री बराल


१५ कार्तिक २०७८, सोमबार
ram sjJpA5Rudz

पोखरा, १५ कात्तिक । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राज्यको बजेट उत्पादन मूलक क्षेत्रमा खर्चिनु पर्ने बताएका छन् ।

आइतबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र माछापुच्छ्रे गाउँ कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले विकास र समृद्धिका लागि बजेट उत्पादन मूलक क्षेत्रमा लगानी गर्नु पर्ने आवश्यकता औंल्याए । ‘हामीले खर्च गर्ने बजेट आत्मनिर्भर अर्थ बनाउने गरी लगाउन आवश्यक छ । देशको मूल बजेट नै उत्पादनमा केन्द्रित गर्न सकेनौ भने विदेशबाट कमाएर भित्राएको रेमिट्यान्स विभिन्न किसिमका सामाग्री खरिदमा बाहिरिने छ ।’

मन्त्री बरालले नेपाल कृषि प्रधान देश भएको बताउँदै कृषिलाई आधुनिकीकरण र व्यावसायिक बनाएर उत्पादनमा वृद्धि गर्न सकेको अवस्थामा विदेशबाट कमाएर ल्याएको पैसा सञ्चित हुने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय जनताको जीवनस्तरका सुधार गर्नका लागि आवश्यकताको आधारमा विकासका कार्य गर्ने आश्वासन दिए । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका उनले माओवादीले जनताको शीर झुकाउने कुनै काम नगरेको दाबी गरे ।

नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह तमुले कम्युनिष्ट पार्टीलाई स्वदेशी तथा विदेशी शक्ति लागेर विभाजन गरेको दाबी गरे । उनले माओवादी निर्णायक शक्तिको रूपमा रहेको बताउँदै पार्टीले जनताका आवश्यकता अनुसार विकास र समृद्धिका लागि काम गर्न चाहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७