जापानको सब–वेमा आक्रमण, १७ जना घाइते


१५ कार्तिक २०७८, सोमबार
japan attack 7qqRNi0F6c

काठमाडौं, १५ कात्तिक । जापानको टोकियोस्थित अन्डरग्राउण्ड रेलमार्गमा चक्कु र आगोको आक्रमण हुँदा १७ जना घाइते भएको छन् । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार प्रहरीले यो आक्रमणमा संलग्न भएको आरोपमा २४ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।

मानिसहरु एक पार्टीतर्फ जाँदै गरेको बेला यो आक्रमण भएको हो । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले मानिसहरुमा स्पे छर्किएर आगो लगाइदिएका थिए । आक्रमणपछि सार्वजनिक भएको भिडियोमा मानिसहरु सब वे मा रेलको झ्याल तोडेर निस्किने प्रयास गरिरहेको देख्न सकिन्छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार यो आक्रमणमा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर छ ।

जापानमा हिंसात्मक आक्रमण विरलै हुने गर्छ तर पछिल्लो केही वर्षमा भने यो संख्या बढेको छ । गत अगष्टमा पनि जापानको रेलमा भएको आक्रमणमा १० जना मानिसहरु घाइते भएका थिए । सन् २०१९ मा बस कुरिरहेका स्कुले बालबालिकामाथि भएको आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७