प्रदेश–१ : मुख्यमन्त्री आचार्यले मत विभाजनको सामना गर्ने


१५ कार्तिक २०७८, सोमबार
bhim acharya2021 10 07 05 33 20

मोरङ, १५ कात्तिक । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन् । सोमबारको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश–१ का मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते नै विश्वासको मत लिने तयारी गरेका भए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा वैठक सार्न माग गरेपछि कात्तिक १५ गतेलाई विश्वासको मतको प्रस्ताव माथि छलफल र मत विभाजनको कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । प्रदेश–१ मा सत्तारुढ नेकपा एमाले अल्पमतमा छ ।

प्रदेशसभामा नेकपा एमालेका ४१ जनामात्रै सांसद छन् । प्रदेशसभामा हाल कायम ९२ जना सांसदको बहुमत विपक्षी ५ दलीय गठबन्धनसँग रहेको छ । विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद छन् । प्रदेश–१ को प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना सांसद आबश्यक पर्छ ।

मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत नपुग्ने भएका कारण उनले विश्वासको मत लिनु अघि नै राजीनामा दिने संभावना रहेको सत्तारुढ नेकपा एमाले स्रोतले जनाएको छ । ५ दलीय गठबन्धनले भने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने र मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई प्रस्ताव गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७