प्रचण्ड–माधव नेपालबीच राजदूत नियुक्ति र प्रदेश सरकार फेरबदलबारे छलफल


१५ कार्तिक २०७८, सोमबार
madhav nepal prachanda scaled

काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेताद्वयबीच माओवादी संसदीय दलको कार्यादल सिंहदरबारमा सोमबार भेट भएको छ । भेटमा राजदूत नियुक्त, प्रदेश सरकार फेरबदलबारे छलफल भएको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी ओली सरकारले नियुक्त गरेका १२ देशका राजदूत सरकारले फिर्ता बोलाएको थियो । रिक्त देशमा राजदूत नियुक्ति गर्ने तयारीमा सरकार छ । यसअघि मन्त्रिपरिषदले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७