चितवन पुगेका ओलीले भने-बत्ती निभाएर, मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ


१५ कार्तिक २०७८, सोमबार
kp sharma oli 1

चितवन, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेतावनी दिएका छन् ।

चितवनको भरतपुर महानगरको अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा ओलीले एमालेले अर्को चुनाव जित्ने बताएका हुन् । ‘अब तपाईंहरुले एमालेलाई एक्लै विजयी बनाउन लाग्नुस् । यस जिल्लालाई मलाई धेरै दुःख दिन्न तीन वटा संघीय सांसद चाहियो । ६ वटा प्रदेशसभा सांसद चाहियो’, उनले भने, ‘एकजना साथीले भनेछन् वडाहरुमा हामी दुईतिहाइ जित्छौं, अनि एकतिहाई चाहिँ कसले जित्छ नि !’

ओलीले अब धाँधली गरे चुनाव जित्ने सपना नदेख्न पनि अन्य दललाई चेतावनी दिएका छन् । ‘अब बुथ कब्जा गरेर, बत्ती निभाएर, मत पत्र च्यातेर जे गरे भए पनि जित्नुपर्छ भन्दै छन्’, उनले प्रचण्डतिर लक्षित गर्दै भने, ‘हामी बत्ती निभाएर होइन, मतपत्र च्यातेर होइन, धाँधली गरेर होइन जनताको पवित्र मतले जित्छौं । अब कसैले पनि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७