सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा (एस) को दाबी


१५ कार्तिक २०७८, सोमबार
thumb

सुर्खेत, १५ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) ले दाबी गरेको छ । सोमबार प्रदेश राजधानी धनगढीमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएको हो ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम इञ्चार्ज गरिमा शाहले प्रदेशसभाको सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व पाउनुपर्ने बताइन् । नेकपा एकीकृत समाजवादीको कात्ति १० गते धनगढीमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश सरकारमा दाबी गर्ने निर्णय गरेको भन्दै उनले ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने आफूहरूले पाउनु पर्ने बताइन् ।

नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो । यता कात्तिक १० गते वागमती प्रदेशमा नेकपा एमालेको सरकारलाई विस्थापित गर्दै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनेको छ ।

यस्तै आज प्रदेश–१ मा नेतृत्व गरिरहेको नेकपा एमालेको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । गठबन्धनको सहमतिअनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको भनिए पनि नेकपा एकीकृत समाजवादी पार्टी दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७