विश्वमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ५० लाख नाघ्यो, कुन देशमा कति ?


१६ कार्तिक २०७८, मंगलवार
korona india 5

काठमाडौं, १६ कात्तिक । विश्वमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्याङ्कले सोमबार सम्म ५० लाख १ हजार ७६४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ । यसैबीच सबैभन्दा धेरै अमेरिकामा ७ लाख ४५ हजार ८३६, ब्राजिलमा ६ लाख ७ हजार ८२४, भारतमा ४ लाख ५८ हजार ४३७ को मृत्यु भएको छ ।

कोरोना भाइरस उत्पत्ति भएपछि यसको संक्रमबाट मृत्यु हुनेको संख्या १० लाख पुग्न २५० दिन लागेको थियो । त्यसपछि २० लाख पुग्न १०८ दिन लाग्यो, ३० लाख पुग्न ९३ दिन र ४० लाख पुग्न ८२ दिन लाग्यो ।

केही हदसम्म खोपको कारण अहिले यसको गति कम भएको छ । मृत्यु हुनेको संख्या ४० लाखदेखि ५० लाख पुग्न ११६ दिन लाग्यो । द्वन्द्वग्रस्त देश सिरियासँगै अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा अझै पनि मृत्यु हुनेको संख्या उच्च छ । रुस र अरु पूर्वी यूरोपिपका देशहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढेकोे छ ।

विश्व स्वास्थ्य संगठनले यस वर्षको अन्त्यसम्म विश्वका ४० प्रतिशत र अर्को वर्षको मध्यसम्म ७० प्रतिशत जनसंख्यालाई खोप लगाउन खोपको स्वच्छ वितरण गर्न आग्रह गरेको छ । एनएचकेबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७