तिहारमा काठमाडौंबाट बाहिरिने यात्रुलाई चार स्थानबाट कोरोनाको खोप


१६ कार्तिक २०७८, मंगलवार
corona khop 1
फाइल फोटो

काठमाडौं, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा घर जान लागेका यात्रुहरुका लागि कोरोनाविरुद्धको खोप कार्यक्रम शुरु गरेको छ ।

कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप दिन लागिएको हो । दुई दिनसम्म यो कार्यक्रम सञ्चालन हुनेछ । बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म यो कार्यक्रम सञ्चालन हुनेछ । यप् चार स्थानमा आज बिहानदेखिनै खोप कार्यक्रम शुरु गरिएको छ ।
आज र भोलि दुई दिन चल्ने खोप कार्यक्रममा आफ्नो उमेर खुल्ने परिचयपत्र देखाएर खोप लगाउन सकिनेछ । खोप निःशुल्क लगाइने छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनमा नसकिए यो कार्यक्रम थप गर्न सकिने जानकारी दिए । पहिलो चरणको खोप लगाएकालाई दोस्रो र पहिलो नै नलगाएकालाई पहिलो चरणको खोप लगाइने जानकारी दिए । सरकारले नागरिकका लागि सहज बनाउन यो कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७