गठबन्धन आउँदो चुनावमा तालमेल गरेर अगाडि बढ्छ : नेपाल


१६ कार्तिक २०७८, मंगलवार
Madhav Nepal

रौतहट, १६ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशको विषयमा अहिलेसम्म गठबन्धनमा छलफल नभएको बताएका छन् ।

गृह जिल्ला रौतहटको चन्द्रपुरमा आज (मंगलबार) पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानन्यायाधीशको विषयमा पाँच दलका नेता बसेर छलफल गर्ने जानकारी दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर रहेकाले छलफल नभएको नेपालले बताए ।

उनले पाँच दलीय गठबन्धन आउँदो चुनावमा तालमेल गरेर अगाडि बढ्ने दाबी गरे । नेपालले भने, ‘हेर्दै जाउ तालमेल मिलाउन कति सक्छौं, गठबन्धनका नेता बसेर अगाडि बढ्छौं ।’ चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको उनको धारणा छ ।

विगतमा केपी ओलीले हरेक ठाउँमा तमासा देखाएको उनको आरोप छ । आफू ओली प्रवृतिबाट मुक्त भएको बताएका छन् । ‘केपी ओली मुलुकको अभिषाप हुन् ।’ आफूले चाहेमा ७ दिनमा सरकार ढल्ने ओलीको भनाइप्रति व्यङ्ग्य गर्दै नेपालले भने, ‘ओलीले त क्षेप्यास्त्र हानेर सरकार ढाल्न सक्छन् ।’ विगतमा केपी ओलीले निरंकुश तरिकाले काम गरेकाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको समेत पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाई छ । अध्यक्ष नेपाल नयाँ पाटी गठनपछि पहिलो पटक गृह जिल्ला आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७