प्रधानन्यायाधीशले तोके १० न्यायाधीशका लागि ६ इजलास


१६ कार्तिक २०७८, मंगलवार
cholendra

काठमाडौं, १६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० न्यायाधीशका लागि ६ वटा इजलास तोकेका छन् । मंगलबारको सबै इजलासमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटको पेशी तोकिएको छ । प्रधानन्यायाधीश जबराले भने आफ्ना लागि इजलास तोकेका छैनन् ।

यता कानुन व्यवसायीहरुले भने तेस्रो दिनको विरोध कार्यक्रमलाई जारी राखेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेरा जबराको राजीनामा माग्दै बार र सर्वोच्चमा विरोध जनाएका हुन् ।

यसअघि नेपाल बारले प्रधान्यायाधीशलाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको समय सीमा आज सकिदैछ । जबराले पदबाट राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने कानुन व्यवसायीहरुले बताउँदै आएका छन् ।

प्रधानन्यायाधीश जबराले अदालतको गरिमा कायम राख्न नसकेको भन्दै गत कार्तिक १४ गतेदेखि उनीहरु आन्दोलित छन् । जबराले भने सडकबाट राजीनामा दे भन्दैमा आफूले राजीनामा नदिने बताएका छन् । उनले सोमबार आन्दोलित न्यायाधीशसँगको छलफलमा आफूलाई वैशाखसम्म काम गर्न दिन प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७