देउवा र मोदीबीच ग्लास्गोमा भेटवार्ता हुँदै

श्रीलंकाली राष्ट्रपति राजापाक्षसँग पनि भेट्दै


१६ कार्तिक २०७८, मंगलवार
Deuba Modi fKdoB4XlFw

बेलायत, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (मंगलबार) द्विपक्षीय भेटवार्ता हुँदैछ । ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) को आयोजनास्थलमा स्थानीय समयअनुसार बिहान साढे नौ बजेपछि भेटवार्ता हुने कार्यतालिका छ ।

प्रधानमन्त्री देउवा र मोदीबीच सोमबारको उच्चस्तरीय सत्र (हाइलेभल सेगमेन्ट) का बेला पनि अनौपचारिक भेट भएको थियो । उच्चस्तरीय सत्रलाई देउवा र मोदीले सोमबार सम्बोधन गरेका थिए ।

मोदीसँगको भेटपछि देउवा र श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षबीच पनि बिहानै भेटवार्ता हुने कार्यतालिका रहेको छ । प्रधानमन्त्री देउवाले सोमबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग पनि अनौपचारिक भेट गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७