तिहारमा मज्जाले झिलिमिली बनाए हुन्छ, कुनै समस्या छैन : कुलमान


१६ कार्तिक २०७८, मंगलवार
dkfmdkgm1635841548

काठमाडौं, १६ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा ‘लोड’ व्यवस्थापनमा कुनै समस्या नहुने बताएको छ ।
विगतमा लोडसेडिङ हुँदाताका दशैं, तिहार र छठसम्म विद्युतको माग उच्च हुने भए पनि अहिले यो समयमा भन्दा अरू समयमा नै विद्युतको माग उच्च हुने गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

यो वर्ष भदौमा १,६२० मेगावाटसम्म विद्युत् माग भएको र तिहारमा अधिकतम १,५०० मेगावाट मात्रै माग हुने अनुमान रहेको पनि उनले बताएका छन् । अहिले दुई हजार मेगावाट भन्दा बढी जडित क्षमता रहेकोमा ‘अपरेसन’ मा करिब १,६०० मेगावाट मात्र रहेको उनले जानकारी दिए ।

यो वर्ष अहिलेसम्म कुलेखाली चलाउनु नपरेको अवस्थामा पनि दिउँसो करिब २०० र राति करिब ५०० मेगावाट सरप्लस रहेको उनले बताए । ‘तिहारमा लोडसेडिङ अथवा बत्ती काट्नु पर्ने अवस्था आउँदैन । जति उपकरण चलाए पनि समस्या हुँदैन । तिहारमा मज्जाले झिलिमिली बनाए हुन्छ’, आज (मंगलबार) प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७