प्रदेश–१ : मुख्यमन्त्री राईले लिए शपथ, ६ सदस्यीय मन्त्रिपरिषद गठन

मन्त्रीहरू र राज्यमन्त्रीले पनि लिए शपथ


१६ कार्तिक २०७८, मंगलवार
sapath

मोरङ, १६ कात्तिक । प्रदेश–१ का नव नियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । यस्तै, मुख्यमन्त्री राईले ६ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन् । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो नियुक्त भएका छन् ।

rajendrarai 02112021112000 1000x0 1

यसअघि पनि तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आङ्बोले आर्थिक मामिला मन्त्रालय २ वर्ष १० महिना सम्हालेका थिए । प्रदेशसभामा निर्वाचित भएर आएपछि २०७४ फाल्गुन ३ गते आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका आङ्बोलाई तत्कालीन मुख्यमन्त्री राईले सरकारमा बसेर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै मन्त्रीबाट २०७७ पुस ११ गते बर्खास्त गरेका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, आन्तरिक मामिला मन्त्रालयमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सामाजिक विकास मन्त्रीमा जनता समाजवादी पार्टीका नेता जयराम यादव नियुक्त भएका छन् । सामाजिक विकास राज्यमन्त्रीमा विष्णुमाया तुम्बाहाम्फे नियुक्त भएकी छन् । नव नियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७