कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस, आजै शपथ


१६ कार्तिक २०७८, मंगलवार
jeevan bahadur shahi 6 R39cp01ppU

सुर्खेत, १६ कात्तिक । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् ।
आज (मंगलबार) उनले २१ प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष दाबी पेस गरेका हुन् ।

कांग्रेसका ६, नेकपा (माओवादी केन्द) का १२ र नेकपा (एकीकृत समाजवादी) का तीन प्रदेशसभा सदस्यको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुख समक्ष बुझाइएको हो ।

उनले नेपालको संविधान २०७२ को धारा १६८(२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । शाहीले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको उनका सहयोगी राजबहादुर रोकायाले जानकारी दिएका छन् । यसअघिका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएका थिए । त्यससँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७