गोर्खाज फाईनान्सको संचालक समितिकाे अध्यक्ष गौरब बुढाथोकी


१६ कार्तिक २०७८, मंगलवार
GURKHAJ FINACE

काठमाडौं, १६ कात्तिक । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा गौरब बुढाथोकी नियुक्त भएका छन् ।
गोर्खाज फाईनान्स लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष गौरव बुढाथोकीलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले पद तथा गोपनियताको सपथग्रहण गराएको हो ।

कार्यकारी निदेशक ढकालले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै सुदृढ संस्थागत तथा ग्रामिण क्षेत्रमा वित्तिय पहुंच अभिवृद्धि गर्न सुझाव दिए । संचालक समितिको ४३१ औं बैठकले संचालक श्री गौरव बुढाथोकीलाई आगामी ४ बर्ष कार्यकालको लागी अध्यक्ष पदमा चयन गरेको हो ।

बैंक तथा वित्तिय संस्था ऐन, २०७३ को दफा १२७ को उपदफा २ वमोजिम संचालक समितिका अध्यक्षले नेपाल राष्ट्र बैंकका निर्देशक समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

GAURAB BUDHATHKI
नवनियुक्त अध्यक्ष श्री गौरव बुढाथोकी

फाइनान्सले निसुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ्, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिटेन्स सेवा दिदै आएको छ । हालसम्म फाइनान्सले मुख्य कार्यलय सहित २६ वटा शाखा कार्यलयहरु र एउटा एक्सटेन्सन काउन्टर गरि जम्मा २७ वटा कार्यलयहरुवाट सातै वटा प्रदेश मार्फत ग्राहकवर्गहरुलाई सेवा–सुविधा दिदै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७