वागमती प्रदेशसभा बैठक कात्तिक २२ गते, मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने


१६ कार्तिक २०७८, मंगलवार
rajendra pandey

हेटौंडा, १६ कात्तिक । वागमती प्रदेशसभा बैठक यही कात्तिक २२ गते बस्ने भएको छ । मुख्यमन्त्री पदबाट अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक २२ गते बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । उनकाअनुसार, मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतबार नै दर्ता भइसकेको छ ।
मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भएपनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताए ।

सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुरूप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री पाण्डे यही कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । वागमती प्रदेशसभामा हाल १०९ सदस्य छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७