शिवम् सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न


१६ कार्तिक २०७८, मंगलवार
1

काठमाडौं, १६ कात्तिक। शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भइ सकेपछिको छैठौं वािर्षक साधारण सभा (आ . व २०७७र०७८) मंगलबार सम्पन्न गरेको छ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा शेयरधनीहरु लाई भर्चुअल माध्यमबाट सहभागिता गराई सभा सम्पन्न भएको हो।

उक्त वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी ४ अर्व ४० करोडको २९ प्रतिशतका दरले (लाभाँसमा लाग्ने कर सहित हुन आउने १ अर्व २७ करोड ६० लाख मात्र नगद लाभांस रकम वितरण गर्ने प्रस्ताव गरिएको छ।

यससहित कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ. व. २०७७र०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका सम्लग्न विवरणहरु, आ. व. २०७८र०७९ को आय व्ययको लेखापरीक्षण गर्नसुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि गरिएको छ।

यससँगै सामान्य र विशेष प्रस्तावहरु पारित गरिएको छ।

यसकारण सर्व साधारण शेयरधनीको बैंक खातामा शेयर रजिष्टार सिद्धार्थ क्यापिटलमार्फत नगद लाभांस वितरण गर्ने कार्यक्रम रहेकोले आ आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक नगरेको भए अद्यावधिक गरी नगद लाभांस पाउने विश्वास कम्पनीले लिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७