धादिङमा ट्रक दुर्घटना : दुईको मृत्यु, सात जना घाइते


१७ कार्तिक २०७८, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

धादिङ, १७ कात्तिक । दक्षिणी धादिङको धुनीबेंसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धुनीबेंसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य सात जना घाइते छन् । घाइतेमध्ये दुई जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा४ख ५८४८ नंको मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७