४४७ मा कोरोना संक्रमण, सात जनाको मृत्यु


१७ कार्तिक २०७८, बुधबार
korona

काठमाडौं, १७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६,५७७ पीसीआर र ३,३३६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १३ हजार ८२८ जना पुगेको छ । कुल संक्रमितमध्ये ९ हजार १२३ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ४३९ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ ।

उक्त अवधिमा सात जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ । हाल १२१ जना क्वारेन्टाइनमा छन्। २२३ जना आइसीयू र ५९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७