नेप्से ५.२२ अंकले बढ्यो, ६ अर्ब ५५ करोडको कारोबार


१७ कार्तिक २०७८, बुधबार
share
फाइल फोटो

काठमाडाैं, १७ कात्तिक । आज (बुधबार) नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ५.२२ अंकले वृद्धि भएर २८ सय ४८.८४ विन्दुमा अडेको छ ।

२२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँमा किनबेच भएको छ । मंगलबारको तुलनामा आज कारोबार रकम घटेको हो । नेप्से सामान्य अंकले बढे पनि सेन्सेटिभ इण्डेक्स भने ०.५२ अंकले घटेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ४ समूहको परिसूचक ओरालो लागेको छ । होटल तथा पर्यटक, निर्जीव विमा, जीवन विमा, लगानी समूहको परिसूचक घट्दा अन्य ९ समूहको बढेको हो । आज तीन वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

महालक्ष्मी विकास बैंकको परिसूचक सर्वाधिक १० प्रतिशतले बढ्दा आइसिएफसी फाइनान्स र साहस उर्जाको ९.९९ प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा नविल बैंक शीर्षस्थानमा रह्यो । यस कम्पनीको १ अर्ब १७ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७