तिहारकै बेला बढाइयो हवाई भाडा, कुन गन्तव्यको कति ? (सूचीसहित)


१७ कार्तिक २०७८, बुधबार
buddha air

काठमाडौं, १७ कात्तिक । आन्तरिक उडानको हवाई भाडा बढेको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।

आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।

अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५ रुपैयाँ भाडा बढेको छ । यसअघि यो रुटमा ३५५ रुपैयाँ इन्धन खर्च रहेकोमा अहिले ४०० रुपैयाँ पुगेको हो । पछिल्लो समय आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याससँगै हवाई इन्धनको समेत मूल्य वृद्धि गरेसँगै हवाई भाडा समेत बढाउनु परेको संघले बताएको छ ।

सार्वजनिक नयाँ भाडा दरलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत मंगलबार स्वीकृत गरेसँगै संघले आज सार्वजनिक गरेको हो । तिहारकै बेला हवाइ भाडा बढेपछि अब यात्रुले गोजीमा थप रकम जोहो गर्नुपर्ने भएको छ । तिहारका बेला मानिसको आउजाउ बढ्ने गर्छ ।
कुन गन्तव्यको भाडा कति ?

1
2
3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७