राजेश हमालको स्वरमा पहिलो गीत ‘मन बुढो भएन’ सार्वजनिक (भिडियो)


१८ कार्तिक २०७८, बिहीबार
rajeshhhhhhh1635990978

काठमाडौं, १८ कात्तिक । अभिनेता राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’ सार्वजनिक गरिएको छ । गीतको भिडियो पनि रिलिज गरिएको छ । राजेश हमालले गाएको यो पहिलो गीत हो ।

गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतमा हमालको साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर छ ।

भिडियो निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् । भिडियोमा हमालसँग रेश्मा घिमिरेले अभिनय गरेकी छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । चलचित्र करिअरको तीन दशकपछि हमालले गीत गाएका हुन् । म्युजिक भिडियोहरुमा भने उनले अभिनय गर्दै आएका थिए ।
भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७