नेपालमा अहिलेसम्म कतिले लगाए कोरोनाविरुद्धको खोप ?


१८ कार्तिक २०७८, बिहीबार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, १८ कार्तिक । नेपालमा हालसम्म ७४ लाख नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर ७३ लाख ८१ हजार २०२ नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या ८७ लाख १९ हजार ९९५ रहेको छ ।

सरकारले दुई करोड १७ लाख ५६ हजार ७६३ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । जसअन्तर्गत अहिलेसम्म ३३.९ प्रतिशतले पूर्णमात्रा र ४०.१ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ । सरकारले खोप अभियानलाई तीव्ररुपमा अघि बढाएको छ । अहिले दैनिक ९० हजार नागरिकले खोप लगाउँदै आएका छन् ।

गत बुधबार चीन सरकारले नेपाललाई अनुदान स्वरुप १६ लाख मात्रा खोप हस्तान्तरण गरेको थियो । यो वर्षभित्र आम नागरिकलाई खोप लगाइसक्ने सरकारको लक्ष्य छ । स्वास्थ्यमन्त्री बिरोध खतिवडाले खोप अभियान तीव्ररुपमा अघि बढेको बताए । उनले भने, ‘हामीले आम नागरिकलाई जतिसक्दो चाँडो पूर्णखोप लगाउने लक्ष्य लिएका छौं । त्यहीअनुसार खोप अभियान अघि बढेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७