भीम रावलको आक्रोश : एमसीसीलाई के आधारमा पत्र पठाइयो ?


१८ कार्तिक २०७८, बिहीबार
Bhim Rawal 1

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतबाट फर्किना साथ आज बिहीबार बिहान त्रिभुवन विमानस्थलमा एमसीसीबारे दिएको अभिव्यक्तिपछि नेकपा एमालेका नेता भीम रावलले आक्रोश व्यक्त गरेका छन् ।

विमानस्थलमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री देउवाले संसदबाट एमसीसी पास गर्न आफू र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर पत्र पठाइसकेको खुलासा गरेका थिए । एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले बेलायतमै भेट गर्दै एमसीसी पास नगरी संसद् अधिवेशन अन्त्य गराएकामा चासो राखेपछि आफूले यसबारे चिन्ता नलिन र एमसीसी पासका लागि आफू र प्रचण्डले पत्र पठाइसकेका छौं भनेर जवाफ दिएको देउवाले सञ्चारकर्मीलाई सुनाएका थिए ।

’एमसीसीका डेपुटी सीईओले कहिलेसम्म पास हुन्छ भनेर सोध्नुभयो’, देउवाले भने, ’यस विषयमा यहाँका सत्ता साझेदार दलसँग कुराकानी भइरहेको छ भनेको छु ।’ यसलाई एमाले उपाध्यक्ष रावलले राष्ट्रघातको संज्ञा दिएका छन् । साथै पठाइएको पत्र सार्वजनिक गर्न पनि रावलले माग गरेका छन् ।

‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रम देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो’, देउवाको अभिव्यक्ति सार्वजनिक भएलगत्तैजसो रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरुन्त सार्वजनिक गरियोस् । यस्तो विषयमा गोप्य पत्राचार देशघात हो । प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७