भारतमा थप १२ हजार नयाँ संक्रमित


१८ कार्तिक २०७८, बिहीबार
korona india 1

नयाँदिल्ली, १८ कार्तिक । भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन् ।

सोही अवधिमा भारतमा देशभरी कुल ४६१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको कुल संख्या एक लाख ४८ हजार ५७९ रहेको छ । तीमध्ये १५ हजार ५४ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।

दैनिक नयाँ सङ्क्रमितको संख्याभन्दा सङ्क्रमणमुक्त भएकाको संख्या धेरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाको संख्या भने दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाको कुल संख्या तीन करोड ३७ लाख १२ हजार ७९४ पुगेको मन्त्रालयले जनाएको छ । त्यसै गरी भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकै कारणले अहिलेसम्म चार लाख ५९ हजार ६५२ मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७