३५६ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु


१८ कार्तिक २०७८, बिहीबार
korona

काठमाडौं, १८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३,२५९ पीसीआर र ३,१२५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ११५ जना पुगेको छ । कुल संक्रमितमध्ये ८,८९० सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा ५१८ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९३ हजार ७८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ । हाल ११८ जना क्वारेन्टाइनमा छन् । २१५ जना आइसीयू र ५७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७