साविक विजेता वेस्ट इण्डिज टी–२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरियो


१९ कार्तिक २०७८, शुक्रबार
sri lanka vs west indies 6WKVTGrGOf

काठमाडौं, १९ कात्तिक । आईसीसी टी–२० विश्वकप क्रिकेटमा साविक विजेता वेस्ट इण्डिज समूह चरणबाटै बाहिरिएको छ । सुपर–१२ समूह एक अन्तर्गत गए राति आबुधाबीमा भएको खेलमा श्रीलंकाले वेस्ट इण्डिजलाई २० रनले हरायो ।

श्रीलंकाले दिएको १९० रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो । वेस्ट इण्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् ।

श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २ /२ तथा दुसमन्था चमिरा र दासुन सनकाले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रन तथा पाथुम निसांकाले ५१ रनको अर्धशतकीय पारी खेले । वेस्ट इण्डिजका आन्द्रे रसेलले दुई तथा ड्वायन ब्राभोले एक विकेट लिए । वेस्ट इण्डिजले चार खेलमा एक खेल जितेको छ । एक खेलमा जित र तीन खेलमा पराजित श्रीलंका पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७