बेलायतमा कोरोना भाइरसविरुद्धको खाने चक्कीलाई अनुमति


१९ कार्तिक २०७८, शुक्रबार
120784527 molnupiravircapsulesmsd2021 Vu8JYPdCDh

काठमाडौं, १९ कात्तिक । लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ ।
‘मोल्न्यूपिरभीर’ चक्की कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम समूहमा पर्ने बिरामीलाई दिनमा दुई पटक दिइनेछ ।

सुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको यो चक्कीले अस्पताल भर्ना हुनुपर्ने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणबाट देखिएको छ । बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसका लागि यो औषधि महत्वपूर्ण हुने बताएको बीबीसीले जनाएको छ ।

कोरोनाका बिरामीलाई घरमै लैजान सक्ने एन्टिभाइरललाई अनुमोदन गर्ने बेलायत विश्वकै पहिलो देश बनेको स्वास्थ्यमन्त्रीको वक्तव्यमा उल्लेख छ । ‘मोल्न्यूपिरभीर’ अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्युटिक्सले बनाएको हो ।

यो औषधि सुईको रूपमा लिनुभन्दा खान सकिनेछ । कोरोनाबाट सङ्क्रमण भएर हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने कारक भएका, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा यो औषधि प्रयोगको अनुमति दिइएको बेलायतको औषधि नियामक एमएचआरएले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७