उत्तर कोरियामा भयावह बन्दै भोकमरी


१९ कार्तिक २०७८, शुक्रबार
korea

काठमाडौं, १९ कात्तिक । उत्तर कोरियामा भोकमरीको अवस्था सन् १९९० को जस्तै हुन थालेको उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेकाहरूले बताएका छन् ।

सन् १९९० मा उत्तर कोरियामा भोकमरीका कारण लाखौं मानिसले ज्यान गुमाएका थिए । अहिले पनि दिनमा एक पटक पेट भर्न पनि निकै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उत्तर कोरियाबाट भागेकाहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ । हिउँद याम नजिकिँदै गर्दा खाद्य अभाव झनै खराब अवस्थामा पुग्ने अनुमान छ । सडकमा अनाथ बालबालिकाको संख्या बढ्नुका साथै भोककै कारण दैनिक ज्यान गइरहेको समाचार संस्था डेली एनकेले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियामा दुईदेखि तीन महिनासम्म अन्नको अभाव हुने आंकलन गरेको छ । किम जोङ उनले पनि अन्नको जोहो गर्न र बाली भित्रयाउन मद्दत गर्न निर्देशन दिएको बताइएको छ । कोरोना महामारीका कारण सीमाहरू बन्द गरिएका छन् भने परमाणु कार्यक्रम विवादका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि खेपिरहेको छ ।

खेतीका लागि सेनासहित हजारौं मानिस खटाएको भए पनि लामो खडेरीका कारण उत्पादन सोचे अनुसार भएको छैन । विज्ञहरूका अनुसार उत्तर कोरियाले नयाँ सैन्य प्रविधि र हतियारमा प्रतिस्पर्धा गरे पनि कृषिमा आधुनिक प्रणाली विस्तार भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७