रिलिज अगावै चर्चा बटुलेको मन रुवाउने ‘आपा–आमा’ (भिडियो)


२० कार्तिक २०७८, शनिबार
Capture 4

काठमाडौं, २० कात्तिक । रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको ‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो । पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुको मन रसाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङ डोल्मोले उक्त म्युजिक भिडियो बिमोचन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुका साथै यस्ता भिडियोले समाजमा सकारात्मक सन्देश दिने बताइन् । चन्द्रदेव मोक्तान फाउण्डेशनले निर्माण गरिएको छ ।

उक्त म्युजिक भिडियोमा तामाङ चलचित्र संघका अध्यक्ष एंव मेगास्टार कुमार मोक्तानको मुख्य अभिनय रहेको छ भने चाँदनी मोक्तान, रोशन फ्युबा, सोनाम लामा र अस्मिता तामाङको अभिनय देख्न सकिन्छ । कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले प्रतिष्ठानको तर्फबाट मंगल जनविजय माविमा इन्जीनियरीङ विषय लिएर अध्ययन गर्ने २ जना विद्यार्थीलाई पूर्ण छात्रबृत्तिको व्यवस्था गर्ने समेत प्रतिबद्धता जाहेर गरे । साथै अध्यक्ष लामाले आफ्ना आमा बुवा जिवित भगवान भएको बताए ।

उनले आफ्ना आपा–आमा लाई जिवित हुँदा नै माया र ममता गर्नु पर्नेमा जोड दिए । गीतमा रोशी गाउँपालिकाका प्रमुख डिबी लामाले लेखेका हुन । अमृत लामाको संगीत र स्वर, पवन वाङ लामाको संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतको म्युजिक भिडियोलाई रोशन फ्युबाले ड्रोन छायांकन, लक्ष्मण घिमिरे र रोशन फ्युबाले छायांकन गरेका हुन । भिडियोलाई उनै मेगास्टार कुमार मोक्तानले निर्देशन गरेका हुन् । कार्यक्रममा पत्रकार, समाजसेवी, राजनीतिकर्मी, सुरक्षाकर्मी एवम् कलाकारहरुको बाक्लो उपस्थिति थियो ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७