यस्तो छ गायक कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’ (भिडियो)


२० कार्तिक २०७८, शनिबार
kumar kanchha

काठमाडौं, २० कात्तिक । ख्यातीप्राप्त स्वर्गीय गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक गरिएको छ । लोकप्रिय संगीतकार आलोकश्रीले उनको निधनको करिब एक दशकपछि यो गीत बाहिर ल्याएका हुन् ।

‘साइनो’ एल्मबमा रहेको यो लगायत अन्य केही गीत रेकर्डको क्रममा उनको निधन भएको थियो । सबैको मनमुटुमा बस्न सफल गायक कुमार कान्छाको अन्तिम निशानीको रुपमा संगीतकार आलोकश्रीले यो गीत ल्याएका हुन् ।
शब्द तथा संगीत समेत आलोकश्रीको रहेको गीत रोमान्टिक शैलीमा छ । गीतमा प्रेमीकाको प्रशंसा गर्दै प्रेमीले उनीलाई खोज्ने आफ्नो मनको भावना ब्यक्त गरेका छन् ।

आमुल कार्कीढलीको संगीत संयोजना र गुन्जन रेकडिङ स्टुडियो रेकर्ड भएका गीतको भिडियो पनि निर्माण भएको छ । भरपुर प्राकृतिक सौन्दर्य समेटिएको, प्रेमको थिममा तयार गीत संगीतकार आलोकश्रीले आफ्नै नामको युट्युव च्यालबाट बाहिर ल्याएका हुन् ।

आधुनिक गीतको अलवा ‘बतासैले उडाइ लग्यो माया मेरो’, ‘जिन्दगीको के भर छ र’ जस्ता नेपाली फिल्ममा समेत थुप्रै हिट गीत दिएका कुमार कान्छ बलिउडका समेत ख्याती प्राप्त गायक रहेका थिए । एक समय उनको बलिउडमा राज थियो । उदीतनारायण झा बलिउड भित्रिएपछि भने कुमार कान्छाको बलिउड क्रेज केही खस्किएको थियो । श्रोताहरुका मनका ढुकढुकी कुमार कान्छाको सम्मान स्वर आफूले उनको अन्तिम गीत बाहिर ल्याएको संगीतकार आलोकश्रीले बताए । गीत सबैले रुचाउने उनको विश्वास रहेको छ ।
भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७