ब्राजिलकी चर्चित गायिका मारिलिय मेन्डोन्काको हवाई दुर्घटनामा मृत्यु


२० कार्तिक २०७८, शनिबार
download 1 WOsa2gh6Ws

काठमाडौं, २० कात्तिक । ब्राजिलकी चर्चित गायिका २६ वर्षीया मारिलिय मेन्डोन्काको हवाई दुर्घटनामा मृत्यु भएको छ । एक कन्सर्टमा जाने क्रममा भएको हवाइ दुर्घटनामा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी सवार जहाज ब्राजिलको मिनास गेरिस राज्यमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा गायिका मारिलिय मेन्डोन्काका आफन्तसहित ४ जनाको मृत्यु भएको छ । गायिका मेन्डोन्का सन् २०१९ को ल्याटिन ग्रम्मी विजेता हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७