रियल शीर्ष स्थानमा, बार्सिलोना बराबरीमा रोकियो


२१ कार्तिक २०७८, आईतवार

काठमाडौं, २१ कात्तिक । रियल म्याड्रिड शनिबार राति स्पेनी ला लिगा जितेसँगै फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । रियलले रायो भाल्कानोमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो ।

रियलका लागि टोनी क्रुस र करिम बेन्जेमाले गोल गरे । राडेमल फाल्काओले रायोका लागि एक गोल फर्काए पनि त्यो सान्त्वना मात्र सावित भयो । यो जितपछि रियलको २७ अंक भएको छ ।

शनिबार नै बार्सिलोना सेल्टाभिगोसँग रोमाञ्चक ३–३ को बराबरीमा रोकियो भने इस्पनयोलले ग्रनेडालाई २–० र एलाभेसले लेभान्टेलाई २–१ ले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७